लिस्नु बिरुद्ध सुनौलो संगमको फराकिलो जित

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल /बुटवल ,पौष १२
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । आईतबारको खेलमा सुनौलो संगमले लिस्नु युवा क्लबका बिरुद्ध ३ गोल गर्न सफल भएको थियो।


आईतबारको खेलमा सुनौलो संगम युवा क्लबका जर्सि नं ४ का जीवन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार ५ सय प्राप्त गरेका थिए।प्रतियोगिता अन्तरगत १३ गते सोमबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक क्लब ठुटीपिपल बिरुद्ध पाल्पा ११ पाल्पा बिचहुने खेल संयोजक टेकु भण्डारीलेजानकारी दिए ।


फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा प्रदेश ४ र ५ का १६ टोलीहरुको सहभागिता रहेको खेल पौष २५ गते समापन हुनेछ ।शुद्धोधन गाउँपालिका रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *