रोनाल्डो बने शताब्दी खेलाडी

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी।
पोर्चुगल र इटालियन च्याम्पियन युभेन्टसका सुपरस्टार क्रिष्टियानो रोनाल्डो शताब्दी कै सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । दुबईमा सम्पन्न ग्लोब सकर अवार्डसमा यी ३५ बर्षिय पोर्चुगिज फरवार्डलाई उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको हो ।
दुबई स्थित अरमानी होटलमा भएको अवार्ड कार्यक्रममा रोनाल्डो आफै उपस्थित थिए । यो अवार्ड हासिल गर्न उनले आफ्ना चिरप्रतिद्वन्द्वी अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पारे ।
स्मरण रहोस, यो अवार्डको विजेता चयन गर्न सन् २००१ देखि २०२० सम्म खेलाडीको उपलब्धी, सफलता र प्रदर्शनलाई आधार बनाइएको थियो । रोनाल्डोले आफ्नो व्यवसायीक करियरमा इङल्याण्ड, स्पेन र इटालीमा घरेलु लिग जित्नुका साथै पोर्चुगललाई सन् २०१६ मो युरो च्याम्पियन समेत बनाएका थिए ।
यो भिडियो पनि हेर्नुहोस्-

सबैको साथ बिना यो असम्भवः रोनाल्डो
शताब्दी खेलाडी बनेपछि रोनाल्डोले सबैलाई सम्झिए । उनको भनाई उद्दत गर्दै गोलले लेखेको, यो अवार्ड जितेर म निकै खुशी छु । खेलमा सधै समान लयमा रहिरहन सजिलो हुँदैन । म आफैसँग गर्वित छु । तर एउटा टिम, राम्रा प्रशिक्षक र क्लबहरु बीना यो असम्भव छ ।
शताब्दी प्रशिक्षक गार्डिओला
त्यस्तै शताब्दी कै उत्कृष्ट प्रशिक्षक म्यानचेष्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डिओला बने । गार्डिओलाले आफ्नो प्रशिक्षकीय करियरमा इङल्याण्डसहित स्पेन र जर्मनीमा शिर्ष लिग उपाधि जितेका थिए । त्यति मात्र नभएर उनले दुईपटक प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि समेत उचालेका थिए ।
बर्ष खेलाडी लेवान्डोस्की
त्यस्तै ग्लोब सकर अवार्डसतर्फ बर्ष खेलाडी भने पोल्याण्डका रोबर्ट लेवान्डोस्की घोषित भए । बायर्न म्युनिखका लागि व्यवसायीक फुटबल खेलिरहेका लेवान्डोस्कीले हालै फिफाको द बेस्ट अवार्ड समेत जितेका थिए ।
अवार्डसतर्फ बर्ष कै उत्कृष्ट प्रशिक्षक पनि बायर्न म्युनिख हान्स फ्लिक चुनिए भने उत्कृष्ट क्लबको अवार्ड पनि बायर्न म्युनिखले जित्यो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *