चाँदनी युवा क्लब क्वाटरफाइनलमा प्रवेश
तुलसी राम पौडेल
फर्साटिकर, पौष १८
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा शुक्रबार चादनी युवा क्लब दानापुर भर्सेस फर्साटिकर युवा क्लब बिच प्रतिस्पर्धा भयो ।
सम्पन्न प्रतिस्पर्धामा सडेन डेथमा चादनी युवा क्लब दानापुर विजयी भयो । निर्धारित समयमा दुवै पक्षबाट एक एक गोल भएपछि खेल ट्राइ ब्रेकर हुँदै सडेन डेथमा चादनी युवा क्लब दानापुर ३-२ गोलको अन्तरले फर्साटिकर युवा क्लबलाई पराजित गरि विजय भएको हो ।शुक्रबारको खेलमा म्यान अफ द म्याच घोषित फर्साटिकर युवा क्लबका शिवान्कर जिसिलाइ क्लबका सिनियर खेलाडी मनोज चौधरीले पुरस्कार प्रदान गर्नु भयो ।
शनिबारको खेल सुनौलो संगम देविनगर भर्सेस भैरव स्पोर्ट्स नवलपरासी बीच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।