संसद पुर्नस्थापना हुन्छ :घनश्याम भुसाल

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री,पुस २०
फर्साटिकर रुपन्देही

नेकपा स्थायी कमिटी सदस्य तथा पुर्वकृषिमन्त्री घनश्याम भुसालले संसद पुर्नस्थापना हुने बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल पक्षिय शुद्धोधन गाउँपालिकाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई फर्साटिकरमा सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलिले संविधानको मर्म विपरित संसद विघटन गरेर देशलाई अन्धकारमा धकेल्ने प्रयास गरेर आरोप लगाउनुभयो । उहाले भन्नुभयो `संसद विघटन हुदाको अन्तिमसमयसम्म हामिले प्रयास गर्दा गर्दै प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अन्धकारको बाटोमा लगेर छाड्नुभयो।´


प्रधानमन्त्रीले अदालतलाई प्रभावमा पारेको खबर बाहिर आएको भन्दै अदालतले संवैधानिक पक्षमा फैसला गरि संसद पुर्नस्थापनाको बाटो खोल्दिनेमा आफू बिस्वस्थ रहेको बताउनुभयो ।
यो भिडीयो पनि हेर्नुहोस्-

लुम्बिनी प्रदेश कमिटी सदस्य एंव रुपन्देही सचीव नारायण जिसि (निर्मल) ,नेकपा जिल्ला कमिटी सदस्य सोनिया यादव,नेता भवानी शंकर सापकोटा र स्थानीय नेता ॐप्रकाश ठाकुरले प्रधानमन्त्री ओलिको कदम असंवैधानिक ,अलोकतान्त्रिक भएको भन्दै आगामी बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताएका थिए ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी शुद्धोधन सचिव रुक्मागत खनालको अध्यक्षता नेकपा स्थायी कमिटी सदस्य तथा पुर्वकृषिमन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता तथा नेता किरण नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *