फुलबारी गाइज, आठौ फर्साटिकर कपको फाइनलमा
तुलसी राम पौडेल
फर्साटिकर, पौष २२
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १० गतेदेखि संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार फुलबारी गायज बुटवल भर्सेस सुनौलो संगम देविनगर बीच खेल प्रतियोगिता सम्पन्न भयो ।सम्पन्न खेल प्रतियोगितामा फुलबारी गायज बुटवल एकका विरुद्ध ५ गोलको अन्तरले फुलबारी गायज बुटवल बिजयी भएको छ।बुधबारको खेलमा म्यान अफ घोषित हुनुभएका फुलबारी गायज बुटवलका जर्सी नम्बर ८ का सबि गुरुङलाई फर्साटिकर युवा क्लबका सस्थापक अध्यक्ष दामोदर पङ्गेनिले पुरस्कार प्रदान गर्नुभयो।
बिहिवारको दोस्रो सेमिफाइनल खेल सेन्ट्रलफ कलेज बिएफसी चितवन भर्सेस चादनी युवा क्लब दानापुर बीच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।