फर्साटिकर कपको उपाधी फुलबारी गाइज,बुटवललाई

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री,फर्साटिकर रुपन्देही
पुष २५

रुपन्देहीको फर्साटिकरमा जारी शुद्दोधन गाउपालिका आठौ फर्साटिकर कप २०७७ को उपाधी फुलबारी गाइज बुटवल जितेको छ।शनिबार सम्पन्न फाइनल खेलमा सेन्ट्रल कलेज बिएफसी चितवनलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै फुलबारी गाइज विजय हासिल गर्न सफल भएको हो।

निर्धारण समयमा दुबै टोलिबाट दुई दुई गोल भएको थियो ।निर्धारण समयावधिमा समान दुई दुई गरेपछि खेल ट्राइबेकरमा परिणत भएको थियोे ।यो सङ्गै फुलबारी गाइज विजयी हुँदै नगद रु.२ लाख कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हुँदै सेन्ट्रल कलेज बिएफसी चितवनले नगद १ लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
शनिबारको फाइनल खेलको फुलबारी गाइजका सरद क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन।सर्वोकृष्ट खेलाडीको उपाधी फुलबारी गाइज जितेश गुरुङ जित्दै नगद रु १० हजार रुपैया प्राप्त गरे।
यस्तै उदयमान खेलाडि चादनी युवा क्लबका दिपेश परियार, उत्कृष्ट गोलकिपर फुपबारी गाइजका अमानक सेक, उत्कृष्ट रक्षक फुलबारी गाइजका अनिश तामाङ,
सर्वाधिक गोलकर्ता बिएफसी चितवनका जोन ग्लोरी हुँदै समान ५ हजार प्राप्त गरे।विजेता टिम तथा खेलाडीहरुलाई शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, शुद्धोधन वडा न.६ का अध्यक्ष जयशंकर पाठक,फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले पुरस्कार प्रदान गरेका थिए ।
फर्साटिकर युवा क्लको आयोजना तथा शुद्धोधन गाउँपालिकाको मुख्य प्रायोजक रहेको प्रतियोगिता पुस १०गतेबाट सुरु भएको थियो ।


समापन समारोह आयोजक क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता ,शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता तथा क्लब उपाध्यक्ष अर्जुन क्षेत्रीको स्वागत तथा सल्लाहकार एंव आजिवन सदस्य मित्रबन्दु गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *