काङ्ग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

फर्साटिकर, माघ ३
नेपाली काङ्ग्रेस शुद्धोधन गाँउपालीका रुपन्देहीको आयो जित नेपाली कांग्रेस शुद्धोधनद्बारा फर्साटिकरमा बिरोधसभा सम्पन्नयोजनामा केपि वली नेतृत्वको सरकारलेगरेको प्रतिनिधि सभा विघटनको असम्बैधानीक कदमको बिरुद्धमा फर्साटिकरमा बिरोध सभा सम्पन्न गरेको छ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले केपि ओलीनेतृत्वको कम्युनिष्ट सरकारले जनतालाई भ्रमित बनाएको आरोप लगाउनु भयो।कांग्रेसले असंवैधानिक कदमका बिरुद्ध खबरदारी गरिरहेको र राष्ट्रियता तथा लोकतन्त्रको रक्षाका लागि हरदम अग्रपंक्तिमा रहिरहने बताउनु भयो ।
यो भिडियो पनि हेर्नुहोस्-

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य पुष्पा थरुनीले लोकतन्त्र रक्षाका लागी काङ्ग्रेस सडकमा मात्र होईन घरघरमा समेत जाने बाउनु भयो।
पुर्व जिल्ला सभापती राम चन्द्र ढकालले कम्युनिस्टहरु प्वाँख उम्रिएका कमिला जस्तो भएको रफेरि जनता झुक्याउने काममा तल्लीन रहेकोले बताउनु भयो।
नेपाली काङ्रेसले असंवैधानिक कदम र कम्युनिस्ट नेतृत्वको झुटको खेतीको पर्दाफास गर्नसडकमा उत्रिएको बताउनुभयो । त्यसैगरी नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला सदस्य रमेश खनालले केपि वली नेतृत्वको कम्युनिष्ट सरकारले संबिधानको धज्जी उडाउँदै असम्बैधानीक कदम गरेर राजाहरुको शैलीमा गएको राष्ट्रपति केपि वली नेतृत्वको सरकारको मात्रै हुन खोजि जनताको राष्ट्रपती बन्न नसकेको बताउनु भयो।
जिल्ला सदस्य पल्टन चौधरीले कम्युनिस्ट सरकारले संबैधानिक कु गरेर असंवैधानिक रअलोकतान्त्रिक कदम मार्फत आफ्नो पत्तासाफ हुनेगरी आफू हिड्ने बाटोमा आफै खाल्डो खनेकोले अब कम्युनिस्ट सकिन समय नलाग्ने बताउनु भयो ।
काङ्ग्रेस केन्द्रीय समितिले बनाएको बिरोध कार्यक्रम अन्तर्गत देशभरका ७५३ स्थानिय तहमा विरोध सभा भएको थियो।
नेपाली काङ्ग्रेस शुद्धोधनका सचिव धनराज कंडेलको सञ्चालनमा भएको सभामा नेपाली काङ्ग्रेस शुद्धोधनका सभापति शेर बहादुर काफ्लेको अध्यक्षता उप सभापति दामोदर पौडेलको स्वागत संगै गाउँपालिकाको शुभेच्छुक संघ संस्था र शुद्धोधन गाउँपालिका काङ्ग्रेस समर्थकहरुको उल्लेखनीय उपस्थित रहेको थीयो ।
शुद्धोधन गाउँपालिकाका विभिन्न स्थानबाट उपस्थित काङ्ग्रेस समर्थकहरुले असंवैधानिक कदमखारेज गर ,नेपाली काङ्ग्रेस जीन्दाबाद , केपि तेरो पाराले दुख पाए साराले लगायत नारासहितको र्यालीले फर्साटिकर बजार परिक्रमा गरी कोणसभा भएको थियो।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *