शुद्धोधनमा घरेलुु तथा साना उद्योग महासंघको कार्यसमिति गठन

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री ,फर्साटिकर रुपन्देही
माघ ४

रुपन्देहीको शुद्धोधन गाउँपालिका स्तरीय उद्यमी भेलाले घरेलु तथा साना उद्योग महासंघ शुद्धोधनको गठन गरेको छ।आइतबार शुद्धोधन गाउँपालिका ३ बेतहिमा भएको भेलाले अध्यक्षमा रामप्रसाद खनाललाई चयन गरेको छ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश पराजुली,उपाध्यक्षमा अजय चौधरी,कोषाध्यक्षमा मञ्जित यादव सचीवमा ऋषीराम आले, सह सचीवमा सन्दिप खनाल,सदस्यहरूमा मनोज चौधरी,काशिराम भट्टराई,धर्मागत भुषाल,सञ्जय खनाल र सल्लाहकारमा पोषराज खनाललाई चयन गरेको छ।
यस्तै महिला समितीको अध्यक्षमा जानकी देवि डुम्रे ,सचीवमा राधा पराजुली, कोषाध्यक्षमा गीता श्रेष्ठ र सदस्यमा अलिसा चौधरी चयन हुनुभएको हो।
यो भिडियो पनि हेर्नुहोस्-

महासंघ जिल्ला महिला अध्यक्ष शान्ता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा घरेलुु तथा साना उद्योग लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकले घरेलुु तथा साना उद्योग शुद्धोधनमा विस्तार भएसङ्गै उद्यमीहरुको ब्यवसायिक सम्बन्ध सुरु भएको बताउनुभयो। उद्यमीहरुले उद्यम गरिरहदा आउने विभिन्न साझा समस्याहरुलाई महासंघले समाधानका लागी सस्थागत रुपमा अगाडि बढ्ने बताउनुभयो ।
यस्तै महासंघ रुपन्देही अध्यक्ष कनैयालाल कसौधनले घरेलुु उद्योग संघठनको बारेमा प्रकाश पार्नुभयो।उहाले जिल्लाका विभिन्न पालिकाहरुमा समिती बिस्तार गर्दै गएको बताउदै अब जिल्ला भित्र रहेका सम्पुर्ण घरेलु तथा साना उद्योगीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्षहरु रामप्रसाद खनाल र जानुका देवि डुम्रेले घरेलु तथा साना उद्योग महासंघमा मन वचन रकर्मले लाग्ने प्रतिबद्धता जनाउनुभयो ।लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठक,घरेलु तथा साना उद्योग महासंघ महिला अध्यक्ष सान्ता शर्मा , रेडियो शुद्धोधनका समाचार वाचक अर्जुन खत्री लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महासंघका रुपन्देही अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता , महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकको प्रमुख आतिथ्यता महासंघ महिला अध्यक्ष सान्ता शर्माको विशिष्ट आतिथ्यता एंव महासंघ रुपन्देही सचीव टंकनाथ अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *