रिद्दि सिद्दी फुड फेस्टिबलको तयारी व्यापक

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
फर्साटिकर,माघ ७

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित रिद्दिसिद्दी रिसोर्टमा शुक्रबार खाना महोत्सव हुने भएको छ।रिद्दिसिद्दी रिसोर्टका संचालक केशवराज कंडेलले स्थानीय सामाजिक अभियन्ता ,विभिन्न संघ सस्थाका प्रतिनिधिहरुसित खाना महोत्सवको वारेमा सुझाव एवं सहयोगको लागि अन्तरक्रिया गर्नुभएको थियो ।सामाजिक उत्तरदायित्वको बोध गर्दै समाजलाई चिनाउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको रिद्दिसिद्दी रिसोर्टका संचालक केशवराज कंडेलले बताउनु भयो ।शुक्रबार हुने खाना महोत्सवमा पहाडी कल्चर ,मगर कल्चर ,नेवारी कल्चर ,थारु कल्चर लगायतका खाना रहने छन् ।समसामयिक सबैको रुचि अनुसार सास्कृतिक कार्यक्रम गरिनेछ ।टिकटको मूल्य सय रुपैया राखिएको छ।उक्त सय रुपैयाको टिकटबाट सय रुपैया बराबरको आफुले रोजेको खाना खान पाइनेछ।
यो भिडियो पनि हेर्नुहोस्-

अन्तरक्रियामा बोल्ने बक्ताहरुले खाना महोत्सवको आयोजना गरेर रिद्दिसिद्दी रिसोर्टले समुदायलाई पहिचानको रूपमा स्थापित गर्न भुमिका खेलेको बताएका थिए । अन्तरक्रिया कार्यक्रममा शुद्दोधन गाउपालिका वडा नम्बर -४ का वडा अध्यक्ष राजेन्द्र कंडेल ,वडा नम्बर ३ का वडा सदस्य सरोजा न्यौपाने , असल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बालकृष्ण पराजुली ,जिविका बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दामोदर पङ्गेनी ,आमा समुहकी अध्यक्ष राजेस्वरी सिह ,फर्साटिकर सिद्दार्थका प्रबन्ध निर्देशक ऋषिराम बस्याल , सामाजिक अभियन्ता कपिल अर्याल ,देबकी सापकोटा ,ज्ञानज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक गिता पाण्डे ,हेल्लो नेपालका संचालक चित्र गुरुङ ,शुद्दोधन एफएमका स्टेसन मेनेजर रवि राना ,बजार टोल विकास सस्थाका सचीव कृष्ण अर्याल ,शुद्दोधन जेसिसका कार्यकारी उपाध्यक्ष रमेश गौतम लगायतको सहभागिता रहेकोे थियोे ।
कार्यक्रमको सहजीकरण बलराम पाण्डेले गर्नुभएको थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *