शुद्धोधन गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न
अर्जुन खत्री,फर्साटिकर रुपन्देही
माघ ८
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आठौं गाउँ सभा बिहीवार सप्पन्न भएको छ। हिजोबाट सुरु भएको
गाउँसभामा न्यायिक समिति संयोजक एंव गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सभामा उपस्थित सबैलाई स्वागत गर्दै न्यायिक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो। गाउसभामा विधायक समिति संयोजक एंव वडा न ५ वडा अध्यक्ष पुन्यराम गौतमले विभिन्न ९ विधेयक प्रस्तुत गरि सभा अध्यक्ष किसुनचन्द चौधरीलाई पारितका लागी सिफारिस(टेबुल) गर्नुभएको थियो।
विधेयककको विषयमा वडासदस्यहरु उमाकान्त चापागाईं, मणिप्रसाद खनालले सुझाव मन्तव्य राख्नुभएको थियोे ।
गाउँसभाले विभिन्न ९ वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ।लेखा समिती संयोजक कमल खड्काले प्रस्तुत गर्नुभएको सार्वजनिक लेखा समितिको प्रतिवेदनअनुसार २०७७/७८ मा विनियोजन भएको सातैवटा वडा तथा गाउँपालिकाको चालुतर्फको कुल बजेट अनुमान २७ करोड ९० लाख ९६हजार मध्ये हालसम्मको खर्च ७ करोड ७० लाख ४५ हजार २ सय ९७ दशमलव ७० पैसा गरि १६.२२ प्रतिशत रहेको छ।
वातावरण तथा विपत समिति सभापति एंव वडा २ अध्यक्ष विष्णुप्रसाद बस्यालले वातावरण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो।सामाजिक तथा शिक्षा समितिको प्रतिवेदन समिती संयोजक एंव वडा न.४ अध्यक्ष राजेन्द्र कडेलले प्रस्तुत गर्नुभएको थियो।
गाउँसभाको अवसरमा गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको छ।गाउँपालिकालाई सडक मानव मुक्त घोषणा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एंव कार्यक्रम सञ्चालक रविन्द्र प्रसाद चौधरीले सभामा जानकारी गराउनुभएको थियोे ।
गाउँसभाले वडा न .६ वडाअध्यक्ष एंव गाउँसभा सदस्य जयशंकर पाठकलाई परेको पितृशोकमा शोक प्रस्ताव पारित गरेको थियोे ।
यसैगरी गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली र वडा न.२ अध्यक्ष विष्णुप्रसाद बस्यालले सेवा निवृत्त भएका गाउँपालिकाका कर्मचारी सम्मान सहित विदाइ गर्नुभएको थियो।
यो भिडियो पनि हेर्नुहोस्-
सभामा बोल्दै गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले गाउँपालिकामा पछिल्लो समय भौतिक विकासहरु भए पनि अब अन्य क्षेत्रको विकासका लागि जनप्रतिनिधि,कर्मचारी एकजुट हुनुपर्ने बताउनुभयो ।
यस्तै उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यो आर्थिक वर्षमा कोरोनाको महामारीले गर्दा जनअपेक्षा बमोजिम काम गर्न नसकीएपनी अब दिनमा विकासका कामले तिव्रता पाउने बताउनुभयो ।
वडा १ अध्यक्ष उदयराज गडेरिया, वडा सदस्यहरु चन्द्रमान चौधरी,णमकुमारी पङ्गेनी मन्तव्य राख्नुभएको थियो।