१८ औं क्याम्पस स्थापना दिवसको अवसरमा यज्ञोदयमा सरसफाइ

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
फर्साटिकर, माघ १७

रुपन्देहीको शुद्दोधन गाउपालिका-३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको १८औ स्थापना दिवस तथा सहिद दिवसको अवसरमा क्याम्पसको आयोजना तथा संचालक समिति, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त सहभागितामा क्याम्पस परिसर तथा समुदाय स्तरमा सरसफाइ कार्यक्रमको आयोजना गरियो । कार्यक्रम विभिन्न कालखण्डमा नेपाल र नेपालीका निमित्त सहादत प्राप्त गर्ने बिर सहिदहरूको स्मरणमा प्रति १ मिनेटको मौनधारण पश्चात् संचालन भएको थियो ।सरसफाई अभियान क्याम्पस नजिकका समुदायमा सरसफाई सम्बन्धी जनचेतना अभिबृद्दी मा केन्द्रित रहदै सम्पन्न गरियो। कार्यक्रममा आफ्नो धारणा राख्दै क्याम्पस संचालक समितिका अध्यक्ष मणि प्रसाद खनालले सहिदहरूले देश र जनताका लागि ज्यानको बाजी लगाइ समाज तथा राष्ट्रको परिवर्तनका लागि खेलेको योगदानको कदर गर्दै सहिदहरूको योगदानको प्रशंसा गर्नु भयो ।

साथै क्याम्पसको गुणास्तर सुधार तथा शैक्षिक प्रगतिका लागि संचालक समिति, प्राध्यापक कर्मचारी तथा अभिभावक-विद्यार्थीहरूको समन्वय, मेहनत तथा लगावबाट मात्र सम्भव रहने विचार व्यक्त गर्नु भयो । विभिन्न संक्रामक रोग बाट बच्नका लागि रोगप्रतिरोधात्मक
क्षमता बृद्दी व्यक्तिगत सरसफाइ तथा सफा स्वच्छ वातावरणबाट मात्र सम्भव हुने, त्यसका लागि क्याम्पस तथा समुदायमा सरसफाइको अभियान संचालनको अपरिहार्यता लाई जोडदिदै यस्ता अभियान र अग्रसरता दुवै पक्षको सहकार्य मा समय समयमा हुनुपर्ने विचार क्याम्पस प्रमुख टंक प्रसाद पौडेलले राख्नु भयो । कार्यक्रमको अध्यक्षता संचाल समिति अध्यक्ष मणि प्रसाद खनालले गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख भेषराज ढकालले संचालन गर्नुभएको थियो ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *