जिविका को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
माघ-२४
शुद्दोधन,रुपन्देही
जिविका बहुउद्देश्यीय सहकारी संस्था शुद्दाेधन-४,रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
सहकारीको १२औं स्थापना दिवसका अवसरमा जिविका बहुउद्देश्यीय सहकारी संस्था र शुद्दाेधन जेसिजकाे संयुक्त आयाेजनामा भएको कार्यक्रममा ३२ युनिट रगत संकलन भएकाे छ।
स्थापना दिवसका अवसरमा विगतका ३ बर्षदेखि निरन्तर रक्तदान गर्दै आएकाे सहकारीले यस वर्ष विभिन्न सामाजिक संस्थाहरुलाई साथ लिएर दन्त शिविर समेत थप गरि कार्यक्रम संचालन गरेकाे सस्थाका अध्यक्ष दामाेदर पंगेनीले जनाउनुभयाे।उक्त कार्यक्रम रुपन्देही नियमित रक्तदाता संघ, रक्तसञ्चार सेवाकेन्द्र बुटवल र शिद्दबाबा डेन्टल क्लिनिककाे सहयाेगमा संचालन गरिएको थियाे।
यसै अवसरमा शुद्दाेधन जेसिजका अध्यक्ष रामजि पाैड्यालले जिविका सहकारी र शुद्दाेधन जेसिजले सहकार्य गरि थप सामाजिक कार्यक्रम संचालन गर्ने जनाउनुभयाे ।
यो भिडियो पनि हेर्नुहोस्-