सिद्दार्थ मा.वि. को ३९ औं वार्षिकोत्सब सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
सियारी, माघ २८

रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ मिलनचोक स्थित सिद्दार्थ माध्यमिक विद्यालयको ३९औ वार्षिकोत्सब बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले शिक्षाको गुणस्तर वृद्धिको लागि सियारी गाउपालिकाले सक्रिय रूपमा कार्य गरिरहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालले शिक्षक तथा अभिभावकको महत्त्वपूर्ण भुमिकाबाट नै विद्यालय शैक्षिक क्षेत्रमा अगाडि बढ्ने बताउनु भयो ।सियारी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले विद्यालयको शैक्षिक विकासको लागि वडास्तरबाट सहयोग निरन्तर भैरहने बताउनु भयो ।

कार्यक्रममा सियारी गाउपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेल ,विद्यालयका पुर्व प्रधानाध्यापक नेत्र प्रसाद खनाल ,विद्यालय व्यवस्थापन समिती सदस्य खिमनाथ सापकोटा ,विद्यालयका सल्लाहकार चन्द्रबहादुर जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


त्यसै अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । लामो समयदेखि अध्यापनरत शिक्षक शिक्षिका एवं विद्यालयका जग्गादातालाई समेत सम्मान गरिएको थियोे ।
विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत ,विद्यालयका सहायक प्रधानाध्यापक पार्वती सुवेदिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक दलबहादुर श्रीसले गर्नुभएको थियोे ।
यो भिडियो पनि हेर्नुहोस्:


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *