शुक्रबार, १२ बैशाख २०८२ १४:५०

आदिवासि जनजाति युवा महासघं नेपालको संघीय सचिबमा रुपन्देहीका गुरुङ निर्वाचित

शुक्रबार, १२ बैशाख २०८२ ०३:४६

बैशाख १०
आदिवासी जनजाति युवा महासंघनेपालको यही बैशाख ६ र ७ गते ओखलढुङगामा सम्पन्न छैटौँ संघिय महाधिवेशन सम्पन्न भएको छ ।

आदिवासी जनजाति युवा महासंघ ,नेपाल संघीय परिषद्( YFIN, NEPAL)को ”छैठौ संघिय महाधिवेशनबाट ” किरण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

ओखलढुंगामा सम्पन्न अधिबेशनबाट रुपन्देहीबाट प्रदेशको प्रतिनिधित्व गर्दै तमु युवा छोंज धीं लुम्बिनी प्रदेश अध्यक्ष एवम सामाजिक व्यक्तीत्व अर्जुन गुरुङ निर्वाचित भएका छन । त्यस्तै रुपन्देही बाटै केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै युवा नेता सुदिप गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा सुभलाल राई संघीय उपाध्यक्षमा मनराज गुरुङ महिला उपाध्यक्षमा सुप्रीया राई सुची उन्मुख उपाध्यक्षमा देव बाहिङमहासचिवमा घम्बा तामाङ (मिलन) उपमहासचिवमा सुबास मोक्तान कोषाध्यक्षमा रब्बा शेर्पा र सचिबमा अर्जुन गुरुङ , टार्जन सुनुवार, जितेन्द्र कुमार सिंह, योगेश मोक्तान ,रेखा लोप्चन तामाङ ,पेमा वाङ्मो लामा , तुलबहादुर थापा मगर लगायत ३० संघीय सदस्यहरु निर्वाचित भएको सचिब अर्जुन गुरुङले लुम्बिनी सञ्जाललाई वताए ।

आधिवासि जनजाति युवा महासघं नेपालको छैटौँ महाधिबेशन उद्घाटन समाहरोहमा प्रमुख अतिथि संघिय रक्षामन्त्री मानवीर राई ,बिशिष्ट अतिथि आदिवासी जनजाति महासघं उपमहासचिब राम कृष्ण ब्लोन तामाङ लगायतको उपस्थिती रहेको थियो ।