शुक्रबार, १६ चैत्र २०८० ०६:०७

“पार्टीको प्रचारप्रसारमा सहभागी हुँदा सरकारी सेवासुविधा लिएर जानु मेरो नैतिकताले दिदैन”- अध्यक्ष थारु

बिहीबार, २४ चैत्र २०७८ ००:१६

चैत्र २३- सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जनप्रतिनिधि भएपछि आफुले लिदै आउनुभएको सेवा सुविधा निर्वाचनको मिति घोषणा भएसगैँ त्याग गर्नुभएको छ ।

थारुले स्थानीय तहको निर्वाचन घोषणा भएसगैँ आफुले लिदै आएको सेवासुविधा त्याग गरेको घोषणा गर्नुभएको हो । हेल्लो नेपाल मिडियासगँ कुराकानी गर्दै अध्यक्ष थारुले आफु पार्टीको ईमान्दार सिपाही भएको बताउदै पार्टीको प्रचार प्रसार तथा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी हुदाँ सरकारी सेवा सुविधा लिएर जान नैतिकताले नदिएको भन्दै आफुले लिदै आएको सेवा सुविधा त्याग गरेको बताउनुभयो ।

उहाँले आफु जनप्रतिनिधि भएपछि इमान्दार भएर विकास निर्माण, जनतालाई सम्वृद्धि बनाउने कार्यमा आफु लागेको भन्दै पार्टीले विश्वास गरेर टिकट दिए जनतामाझ जान तयार रहेको जानकारी दिनुभयो । अध्यक्ष थारुले आफु पार्टी,देश,जनता प्रति इमान्दार रहेको भन्दै जनताले विश्वास गरेर आफुलाई सियारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बनाएकोमा सम्पूर्ण सियारीबासी जनतालाई धन्यवाद दिनुभयो ।

अयोध्या प्रसाद थारु अध्यक्ष,सियारी गाउँपालिका थारु २०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट सियारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।