मंगलवार, ६ चैत्र २०८० ०९:२६

को हुन् अयोध्या थारु ? किन फेरी सियारी गाउँपालिकाको नेतृत्व लिन चाहन्छन् ?

आईतवार, १८ बैशाख २०७९ १५:२४

बैशाख १८- सामाजिक रुपान्तरण र विकासको बाटोमा सदैव कृयाशिल व्यक्तित्व हुन, राजनैतिक अभियन्ता अयोध्या प्रसाद थारु । किसान परिवारमा जन्मीएर जिविकोपार्जनका लागि विभिन्न पेशा र व्यवसाय गर्दै ,सामाजिक भुमिकालाई पुरा गरि रहेका चौधरी, जनताको जीवनस्तर उकास्न तथा उनीहरुको कष्टपुर्ण जीवनलाई मजवुत बनाउन लागिरहेका छन् ।
नेकपा एमालेका लुम्विनी प्रदेश कमिटीका सदस्य चौधरी सानै उमेर देखि नै राजनीतिक चेत र चेतना वोकेर अघि बढेका थिए । खानलाउन पुग्ने सम्पन्न परिवारमा जन्मेर पनि गरिव,दुखि र असाहयको पक्षमा काम गर्ने कम्युनिष्ट पाटीको सदस्य भएर उनले लामो राजनीतिक यात्रा पुरा गरेका छन् । सर्वहारा र श्रमजिवीको भलो गर्ने पार्टी भएकाले पनि उनी कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए ।


वावु साधु थारु र आमा चैतीदेवी थारुको कोखबाट ४ भाई छोरा मध्ये जेठो छोराको रुपमा जन्मेका थिए । वि.स. २०१८ साल असोज १८ गते रुपन्देही जिल्लाको साविक मैनहिया गाविस हालको सियारी गाउँपालिका वडा नम्वर २ मा उनको जन्म भएको हो ।
२०३५ सालदेखि १६–१७ वर्षको उमेरमा कारखानामा श्रमिकको रुपमा काम गरेका थारु २०३६ सालको जनमत संग्रहमा वहुदलको पक्षमा भएको आन्दोलनमा सरिक भएका थिए । उनले मजदुरको रुपमा सुनवल चिनी कारखाना,महेन्द्र चिनी कारखाना भैरहवा, गोर्खा विस्कुट फैक्ट्री,वुटवल प्लाई फैक्ट्रीमा काम गर्दा त्यहा कार्यरत मजदुरहरुको हकहितका लागि आन्दोलनको नेतृत्व गरेका थिए । मजदुरहरुको काम गर्ने समय अवधीलाई १२ घण्टा देखि ८ घण्टामा झार्ने,सञ्चयकोषको व्यवस्था गरि उनीहरुको वृतिविकासमा सहयोग पु¥याउने कामको अगुवाई थारुले गरेका थिए । मजदुरहरुको अधिकारका लागि योगदान दिएका उनी सवै मजदुरका प्रिय पात्र थिए ।
कारखानामा कार्यरत रहँदा मजदुरहरु र कम्पनीका उपल्लो तहका व्यत्तिहरुबाट समेत हौसला, माया र प्रोत्साहन पाएका थारु प्राविधिक क्षेत्रका दक्ष मजदुर थिए । लामो समय विभिन्न कारखानाहरुमा दक्ष वेल्डरको रुपमा काम गरेका उनले २०५४ साल स्थानीय तहको निर्वाचनबाट तत्कालिन मैनहिया गाविसको अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।


तत्कालिन मैनहिया गाविसमा अध्यक्ष भएर काम गर्दा उनले विकास र सम्वृद्धिको बाटो खोलेका थिए । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीबाट शुरुवात भएको आफ्नो गाउँ,आफै बनाउँ भन्ने कार्यक्रम गाविसमा लागु गरेर उनले जनताको माया र विश्वास जितेका थिए ।
राजनीति आफैमा समाज सेवा हो,स्थीर र निरन्तर राजनीति गर्नका लागि उत्पादनको क्षेत्रमा पनि जोडिनु पर्छ भन्ने भावनाका साथ अयोध्या प्रसाद थारुले सोही समय देखि गाई फारमको शुरुवात गरेका थिए । उनी विहान वेलुका गाई फर्ममा काम गर्दै जनताको सेवामा खटिने गर्दथे । उनले उत्पादन गरेको दुध पोखरा र काठमाडौं सम्म पुग्ने गरेको छ । उनी आय आजर्नको आधार बनाएर समाजसेवा गर्दा कँहि कतै चुक्नु पर्दैन, गलत काम गर्नु पर्दैन भन्ने उदाहरण बनेका छन् । उनको देखासिकी गर्दै अन्य राजनीतिक तथा सामाजिक अभियन्ताहरुले विभिन्न पेशा र व्यवसायको शुरुवात गरेका छन् ।
विभिन्न सामाजिक संघसंस्थाहरु, विद्यालय,सहकारी,कृषि समुहको नेतृत्व गर्दै आएका अयोध्या प्रसाद थारु २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सियारी गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित भए । संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना पश्चात तयार भएको नयाँ संरचना र नयाँ व्यवस्थामा समेत अध्यक्षको जिम्मेवारी प्राप्त भए पछि उनले त्यस जिम्मेवारीलाई प िसफलतापुर्वक निर्वाह गरे ।
उनकै सोंच,दृष्टिकोण र योजना मुताविक सियारी गाउँपालिले विकास र सम्वृद्धिमा ठुलो फड्को मार्न सफल भएको छ । पार्टीको विचार र सिद्धान्तलाई रुपान्तरण अनि परिवर्तनसँग जोड्न सक्ने क्षमता भएका थारुका योगदानहरु सियारीवासी जनताको वीचमा छर्लङ छ । सियारीको पुर्वाधार विकास धेरै अगाडि बढेको छ । यहाँ ग्रामिण वस्तीहरु ज्वज्वल्यमान बनेका छन । बाटो ,सडक,पुल कल्भर्टको निर्माणले सियारीलाई सहज र सरल बनाएको छ । शिक्षा,स्वास्थ्य,सामुदायिक भवन तथा अन्य पुर्वाधार विकासका कामहरु उदाहरणीय बनेको छ । कृषिलाई व्यवसायिकीकरण गरि जनताको जिवनस्तर उकास्न योगादन पुगेको छ । सियारी गाउँपालिकालाई मत्स्य पर्यटनको रुपमा विकास गरिएको छ । यहाँका किसानहरु आत्मनिर्भरता तर्फ उन्मुख भएका छन् ।

उनको कार्यकालमा खानेपानी,सिंचाई,रोजगारीको सृजना गर्ने जस्ता क्षेत्रमा गाउँपालिकाले फड्को मारेको छ । शैक्षिक संस्थाको स्तरोन्नती,शिपयुक्त जनशत्ति उत्पादनमा जोड,युवा शसक्तिकरणका लागि पहल भएको छ । सामाजिक न्याय र समानतामा ठुलो योगदान पुगेको छ ।
अहिले सियारी गाउँपालिका नमुना गाउँपालिकाको रुपमा स्थापित भएको छ । एउटा कर्तव्यनिष्ट,अनुशासीत र ईमान्दार व्यत्तित्वको रुपमा छवि निर्माण गरेका थारु सियारीवासी जनताको आँखाको नानाी हुन । हरेक नागरिकको सुखदुखमा सहभागी हुने, उनीहरुको गाह्रो–साह्रो अप्ठयारोमा साहारा बनेर उभिने ,साना–ठुला, धनी–गरिव सवैका साथी थारु रुपन्देही जिल्लाकै उत्कृष्ट समाजसेवी –राजनितिकर्मी हुन ।
न्याय र समानताको पक्षमा दृढ संकल्प बोकेर सतिसाल झै ठिङ्ग उभिएका उनी कम्युनिष्ट आन्दोलनको होनहार सिपाही हुन ।