शुक्रबार, १२ बैशाख २०८२ २०:३६

देवदहमा एक महिने ब्युटिपार्लर तालिम सम्पन्न

मंगलवार, २२ फाल्गुन २०८० १५:४०

देवदह ।

रूपन्देहीको देवदहमा एक महिने ब्युटिपार्लर तालिम सम्पन्न भएको छ । देवदह-११ ले विनियोजन गरेको १ लाख बजेटबाट ब्युटिपार्लर तालिम दिईएको वडा कार्यालयले जनाएको छ । 

२१ जना महिला सहभागी भएको तालिमको मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । 

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुधनाथ यादवले सामाजिक विकास कार्यक्रममार्फत स्वरोजगार नागरिक तयार गर्न तालिम आयोजना गरिएको बताए । तालिममा सहभागी २१ जना महिलाले उद्यम गर्ने र तालिमलाई व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष यादवले स्वरोजगारले मात्रै बेरोजगारी समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा योगदान दिने बताए ।