शुक्रबार, १२ आश्विन २०८० २३:०७

सगरमाथा हेल्पिङ्ग फाउन्डेसनद्वारा दुर्गा देवी मा.वि. लाई शैक्षिक सामग्री सहयोग

शुक्रबार, ८ आश्विन २०७८ १७:००

असोज-८, हेल्लो नेपाल

रुपन्देहीको सियारी गाउँपालिका वडा न ६ मा गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरिएको छ । सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले सियारी गाउँपालिका वडा नं ६ मा अवस्थित दुर्गा देवी मा.विका १५ जना विद्यार्थीलाई स्टेशनरी सामान प्रदान गरेको हो ।

समस्यामा परेकालाई हामी र हाम्रो अभियान भन्ने नारा सहित समाजसेवामा क्रियाशिल संस्था हेल्पिङ्ग फाउन्डेसनले विपन्न,आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु शिक्षा हासिल गर्नबाट बन्चित हुन नपरोस् भन्ने हेतुले कपी,कलम लगायतका स्टेशनरी सामान प्रदान गरिएको अध्यक्ष किसन ज्ञवालीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै दुर्गा देवी मा.विका व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङ्ग, प्राध्यानापक थमन रानाभाटले सहयोग गर्ने संस्थालाई धन्यवाद सहित समाज सेवामा सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो ।

फाउन्डेसनका निर्देशक आकृति खरेल,अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम फाउन्डेसनको अध्यक्ष किसन ज्ञवालीको अध्यक्षता,संस्थापक कोषाध्यक्ष राजन भण्डारीको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।