शनिबार, १४ असार २०८२ २०:४८

फर्साटिकर माध्यमिक विद्यालयको एसईईमा ७५% उतीर्ण, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

शनिबार, १४ असार २०८२ ११:०६

रुपन्देही, शुद्धोधन –
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा अवस्थित फर्साटिकर माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्साहजनक सफलता प्राप्त गरेको छ। उक्त विद्यालयमा विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।

शुक्रबार सार्वजनिक भएको परीक्षाको नतिजामा सहभागीमध्ये ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरिएको हो।

विद्यालयका स.प्र.अ. रामजी पौडेलका अनुसार,

  • ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ७ जना,
  • ३.२ देखि ३.६ जिपिए ल्याउने २० जना,
  • २.८ देखि ३.२ जिपिए ल्याउने ३१ जना, र
  • २.४ देखि २.८ जिपिए ल्याउने ९ जना रहेका छन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्ती, गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष केशबप्रसाद अधिकारीलगायतले विद्यार्थीहरूलाई बधाई दिंदै आगामी शैक्षिक यात्रामा अझ सशक्त र सफल बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त अवसरमा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यालयप्रति सदैव साथ र सहयोग गर्ने शुभचिन्तकहरूप्रति आभार प्रकट गरिएको थियो।

विद्यालयले भविष्यमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ शिक्षक–विद्यार्थी–अभिभावकको समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Gagal mengambil konten.