गैडहवा वडा नं–८ को कार्यालयद्धारा छात्रा तथा छात्रहरुलाई स्कुल ब्याग वितरण

गैडहवा, सुवास पुन
गैडहवा गाउँपालिका वडा नं–८ को कार्यालयले हसनापुर मा.वि.का कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा तथा छात्रहरुलाई स्कुल ब्याग वितरण गरेको छ। वडाले विद्यार्थीहरु पठनपाठनमा थप सहयोग पुग्ने हेतुले ब्याग वितरण गरेको हो । वडाध्यक्ष भुवन वहादुर राना मगरले विधार्थीहरु देशका कर्णधारहरु भएको भन्दै विद्यार्थीहरुको अध्ययनमा आवश्यक शैक्षिक सामाग्रीहरुको कमी हुन नदिन र यसको निम्ति परिवार र विद्यालयले उचित ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक शिक्षिकाहरुलाई व्यवहारिक शिक्षा दिन आग्रह गर्दै बालबालिकालाई परिवार र समाजमा योगदान दिन सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रम हसनापुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश केवटको अध्यक्षता,प्रअ रमेश कुमार नाउँ को स्वागत तथा शिक्षक शिवनाथ बरईको सञ्चालनमा सम्पन्न भएको थियो।