बिहीबार, १९ असार २०८२ २२:३५

न्यु होराइजन स्काउट ट्रुपद्वारा तीन रात चार दिनको स्काउट क्याम्प सम्पन्न

बिहीबार, ३० जेष्ठ २०८२ ०३:४४

बुटवल, जेठ २८
न्यु होराइजन स्काउट ट्रुपले जेठ २४ देखि २८ गतेसम्म तीन रात चार दिनको आवासीय स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ। सो क्याम्पमा कुल ४२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा २४ जना छात्र तथा १८ जना छात्राहरू रहेका थिए।

क्याम्पको उद्देश्य विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मअनुशासन, सहकार्य भावना, जीवन उपयोगी सीप तथा सामाजिक उत्तरदायित्वको विकास गर्नु रहेको आयोजकले जनाएको छ। क्याम्प अवधिभर विभिन्न स्काउट गतिविधिहरू, टोली कार्य, शारीरिक अभ्यास, आत्मरक्षा तालिम, जीवन रक्षासम्बन्धी ज्ञान, रात्रिकालीन कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा शिविर जीवनका विविध पक्षहरूको अभ्यास गराइएको थियो।

क्याम्पको समापन कार्यक्रम न्यु होराइजन माध्यमिक विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ‘अन्नपूर्ण ब्याच’ प्रदान गरिएको थियो।

उक्त क्याम्पको सञ्चालन तथा प्रशिक्षण कार्य अनुभवी स्काउट प्रशिक्षक खुमाकान्त अधिकारीले गर्नुभएको थियो। प्रशिक्षक अधिकारीले स्काउट आन्दोलनको इतिहास, मूल्य र व्यवहारिक तालिमका माध्यमबाट विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो।

समापन कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधिहरू तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो प्रकारको क्याम्पले उनीहरूलाई आत्मनिर्भर, अनुशासित र जिम्मेवार नागरिक बन्न सहयोग गरेको अनुभव सुनाएका थिए।

Gagal mengambil konten.