शुक्रबार, २८ चैत्र २०८१ २२:१६

लेखा अधिकृत पाण्डेको ‘सम्झना’ बजारमा

बिहीबार, २६ जेष्ठ २०७९ ०२:२५

जेठ २६,

गीतकार लक्ष्मण पाण्डेको ‘सम्झना’ बजारमा आएको छ । गायीका अस्मिता अधिकारीको स्वर रहेको ‘सम्झना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लक्ष्मण पाण्डेको शब्द रहेको गीतमा गीतकार पाण्डेकै संगीत सृजना रहेको छ । लक्ष्मण पाण्डे अफिसीयल युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा संगीत संयोजक कमल सौरागले गरेका छन् ।

म्युजिक भिडियोमा गिता ढुङ्गना, दिनेश कायस्थको अभियन रहेको छ । पेशाले निजामती कर्मचारी पाण्डे शुद्धोधन गाउपालिका, रुपन्देहीमा लेखा अधिकृतको रुपमा कार्यरत छन् ।

टिकटकबाट चर्चामा कमाएर मोडलिङमा प्रवेश गरेकी मोडल गीता ढुंगाना र दिनेश कठायतको अभिनय रहेको भिडियोमा प्रेमीकाले आफ्नो दिलको राजकुमारलाई सम्झेको रमाइलो पललाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

कमल सौरागको एरेन्ज रहेको गीतको कोरियोग्राफी निर्देशक स्वयमको हो । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा जानुहोस्