“अब कोहि संग हेपिएर बस्दिन”-माधव कुमार नेपाल

साउन–२५,हेल्लो नेपाल ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अव कोहिसंग पनि हेपिएर नबस्ने स्पष्ट पार्नुभएको छ । मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताउनुभएको हो ।
नेता नेपालले आफूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने जिकिर गर्नुभयो । नेता नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने बताउनुभयो । उहाले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा पनि राख्नुभयो ।
त्यस्तै नेता नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दावी गर्नुभयो । कर्णालीका चार सांसदको राजनीतिक भबिष्य अन्योलमा नपरेको उहाको भनाई छ ।
त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी बिभाजन गर्ने बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा सामुदायिक बिद्यालयबाट एसइई र कक्षा १२ उतिर्ण गरी चिकित्सा शिक्षा आयोगद्धारा लिइएको एमविविएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट छात्र आशिक झालाई सम्मान गरिएको थियो ।