शुक्रबार, १६ चैत्र २०८० ०८:०५

नेपालमा बुधबार थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २७ श्रावण २०७८ १४:५४

साउन–२७,हेल्लो नेपाल ।

नेपालमा बुधबार थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९०७ पिसिआर परिक्षणका क्रममा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ८ सय ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार १८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ८ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । हाल ३८ हजार ३३ सक्रिय संक्रमित आइशोलेशन र ३९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख १८ हजार ३०३ वटा पिसिआर र ३ लाख ७५ हजार ३९९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।