रोल्पामा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको ज्यान गयो

साउन – ३०, हेल्लो नेपाल ।
रोल्पामा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भैरहवा देखी रोल्पाको कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना हुदाँ एक जनाको ज्यानको गएको हो । मृत्यु हुनेमा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।
प्रहरी स्मृति अस्पताल प्रालिको एम्बुलेन्स माडी गाउँपालिकाका-२ को खोलबाङमा शनिबार बिहान करिब ४ बजेतिर दुर्घटना हो । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको र सोही दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
यो भिडियो पनि हेर्नुहोस् –