बिहीबार, १५ चैत्र २०८० २२:२३

रुपन्देहीमा लागू औषध कारोवारी महिला पक्राउ

आईतवार, ३१ श्रावण २०७८ १५:३६

साउन ३१, हेल्लो नेपाल ।
लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको रोहिणी गाउँपालिका -३, धकधई निवासी सन्ध्या मिश्रलाई पक्राउ गरिएको हो ।

बाटोमा हिडदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा मिश्रको साथबाट ९ सय ७० ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो । वेच्नका लागि तयारी अवस्थामा राखेको ६८ बटा पुडिया बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले बताउनु भयो ।

अभियुक्त मिश्रलाई जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा राखी थप अनुसन्धान भै रहेको वताइएको छ ।