शुक्रबार, १६ चैत्र २०८० १८:५९

देवदहमा बढयो बाघको आक्रमण ,घरमै गएर मार्न थाल्यो पशु चौपाय

सोमबार, ३२ श्रावण २०७८ ०३:४४

साउन-३२, हेल्लो नेपाल ।
रुपन्देहीको देवदह-६ केउलीमा बाघको आक्रमण बढेको छ । वाघले स्थानीयवासीले घरमा पालेको पाडा, बङुर खाने गरेको देवदह- ६ का वडा सदस्य खेमबहादुर थापाले बताउनु भयो । वडा सदस्य थापाका अनुसार वाघले रातीको समयमा  आएर गोठ र खोरमा रहेको बङुर र पाडाभैसी खाने गरेको हो ।

वाघले स्थानीय चिनीसरा थापाको पाडा, मनकुमारी दर्लामीको बच्चा पाउने माउ बङुर र ईश्वर थापाको बङुर खाई दिएको छ। साउन २८ चिनिसरा थापाको पाडा र ईश्वर थापाको बङुर खाएको बाघले साउन ३० गते राती मनकुमारी दर्लामीको बङुर  खाई दिएको स्थानीय सरोज थापाले बताउनु भयो ।

वाघले बङुर र पाडा खाएको जानकारी पाए पछि सेक्टर बन कार्यालय शितलनगर र देवदह प्रहरी चौकी खैरेनीको टोलीले मुचुल्का उठाएर जिल्ला बन कार्यालयमा क्षतिपूर्ति का लागि सिफारिस गरेको चौकीका प्रहरी निरीक्षक गङा बहादुर सारुले जानकारी दिनु भयो ।

बाघले घरगोठमै गएर पशु चौपाय आक्रमण गर्न थाले पछि स्थानीय वासी चिन्तित बनेका छन । उनीहरु रातको समयमा जम्मा भएर बाघ धपाउन गस्ती समेत गर्ने गरेका छ्न । यस अघि बाघ घरमै आएर पशु चौपाय  खाने गरेको घटना कहिल्यै नभएको भन्दै उनीहरुले बाघ आक्रमण रोक्ने व्यवस्था मिलाउन माग गरेका छ्न ।