देवदहको खैरेनीमा शोक सभा सम्पन्न

साउन ३२, हेल्लो नेपाल।
नेकपा एमालेका जेष्ठ पार्टी सदस्य हर्कबहादुर पौडेल क्षेत्रीको निधन भएको नवौ दिनको पुण्य तिथीमा शोक सभा सम्पन्न भएको छ । स्व. पौडेल क्षेत्रीको निवास देवदह-७, तल्लो खैरेनीमा भएको शोक सभामा बोल्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डा. कृष्ण न्यौपानेले मृत्यु स्वभाविक प्रकृया भएकोले मृतकको वियोगमा दुखी हुनु भन्दा उहाले देखाएको असल बाटोमा हिडन परिवारजनलाई आग्रह गर्नु भयो ।
लुम्बिनी प्रदेस सभाका सदस्य डा. न्यौपानेले स्व. हर्कबाहादुर ले समाजको लागि दिनु भएको योगदानको स्मरण गर्दै पार्टी निर्माणमा उहाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
नेकपा एमालेका देवदह-७ वडा कमिटी अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता र दिपेश विक्रम मल्लको सन्चालनमा भएको कार्यक्रममा पार्टीका नगर कमिटी अध्यक्ष प्रकाश अर्याल, देवदह नगरका उप- प्रमुख विद्यालक्ष्मी गुरुङ लगायत जिल्ला, क्षेत्र र नगर कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।