शुक्रबार, १६ चैत्र २०८० १९:१५

काबुल एयरपोर्टमा गोली चल्यो, सबै उडानहरु ठप्प

सोमबार, ३२ श्रावण २०७८ १३:५३

साउन ३२, हेल्लो नेपाल ।
अमेरिकी सेनाले गोली चलाए पछि काबुल एयरपोर्ट ठप्प भएको छ । एयरपोर्ट ठप्प भए पछि स्वदेश फर्कन चाहानेहरु अलपत्र परेका छ्न ।
तालिवानले चारै तिर घेरा हाले पछि अमेरिकी सेनाले कावुल एयरपोर्टमा गोली चलाएको बताईएको छ । गोलीको आवाज संगै एयरपोर्टमा भागदौड मच्चिएको समाचार श्रोतले जनाएको छ ।

तालिवानीले शहर कब्जा गरि आफ्नो नियन्त्रणमा लिईरहेको बेला भएको गोली प्रहारबाट २ जनाको ज्यान गएको बताईएको छ ।आ- आफ्नो देश फिर्ता हुन चाहाने लाई केही नगर्ने तालिवानीहरुले बताई रहदा एकाएक अमिरिकी सेनाले गोली चलाए पछि एयरपोर्ट ठप्प छ ।

अन्य मुलुकका नागरिकहरु यस अघि नै सम्बन्धित मुलुकको पहलमा स्वदेश फर्किरहेका थिए । नेपालीहरुको हकमा भने सरकारले नागरिक फर्काउन कुनै पहल नगरेको भन्दै आलोचना भई रहेको थियो ।

पछिल्लो १२ घण्टा पछि सरकारले सक्रियता देखाए पनि एयरपोर्ट नै बन्द भए पछि के हुने भन्ने चिन्ता थपिएको छ । शुरुमै पहल नगरेको सरकारले पछिल्लो समय सक्रियता देखाए पनि उपलब्धी के हुने हो चासोको विषय बनेको छ ।