शनिबार, ६ बैशाख २०८२ १८:४०

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीलाई कारवाहीको माग गर्दै विपक्षी दल एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, २ भाद्र २०७८ ०४:११

हेल्लो नेपाल ।
प्रमुख विपक्षी नेकपा एमालेको अवरोध पछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बुटवलमा मंगलबार बसेको बैठकमा एमालेका प्रदेश सभा सदस्यहरुले उठेर बिरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तिले मंगलबार दिउसो २ बजेम्मको लागि बैठक स्थगित गर्नुभएको हो ।

सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसदलाई कारवाही गरिएको सुचना सुनाउनु पर्ने माग गर्दै एमालेले अबरोध गरेका हुन् । अवरोधका बाबजुट सभामुखले प्रदेशसभा आह्वानको पत्र र मन्त्रीपरिषद् गठनको पत्र पढेर सुनाउदा एमाले प्रदेश सभा सदस्यहरुले टेवल ठोकेर बिरोध जनाएका थिए । यसअघि एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको थियो ।

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई बुझाएको र अव कारवाहीको सुचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले बताउनुभयो ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालिन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

शाहीले आफुलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आउनुभएको छ भने वलीले माओवादी प्रवेश गरेको बताउनुभएको थियो ।