नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध छ-देउवा

भदौ–५, हेल्लो नेपाल ।
प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेदन भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति मुलुकको पहिचान भएको भन्दै यसको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
हस्तकला, मुर्तिकला, चित्रकला आदीको माध्यमबाट नेपालको कला सस्कृति बिश्वभर चिनाउन ज्यापु समाज ललितपुरले भूमिका खेलेको भन्दै उहाले प्रसंसा गर्नुभयो । उहाले भाषा शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन लगायत सामाजिक सांस्कृतिक क्षेत्रमा पनि समाजको योगदान महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत सांस्कृतिक समबन्ध प्रगाढ रहेको बताउनुभयो । उहाले नेपाली जनता र नेपालका लागि भारतले सदैव सहकार्य गर्ने जिकिर गर्नुभयो ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण, बागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माओवादी नेतृ पम्फा भूषाल लगायतले नेपालको संस्कृति जगेर्नामा ज्यापु समाजले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । ज्यापु समाजले ललितपुरको बागडोलमा १ सय १३ रोपनी जग्गामा ११० शैय्याको सुविधायुक्त ज्येष्ठ नागरिक आनन्द निकेदन भवन निर्माण गरेको हो ।
भवन निर्माणका लागि भारतीय दुतावास, ललितपुर महानगर, बागमती प्रदेश लगायतले सहयोग गरेका थिए ।