व्रेन ट्युमरका विरामी दलबहादुरलाई सहयोग रकम हस्तान्तरण

भदौ ५, हेल्लो नेपाल ।
रुपन्देहीको देवदह – ६, सरहनवारीका व्रेन ट्युमरका विरामी दल बहादुर गाहा मगरलाई मगर संसार फोटो ग्यालरी फेसवुक ग्रुपको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । व्रेन ट्युमरको विरामी भई अप्रेसन गरी स्वास्थ्य लाभ गर्दै रहेका २६ वर्षिय गाहालाई ६ लाख १ हजार ९ सय ६६ रुपिया सहयोग प्रदान गरिएको नेपाल मगर सँघ देवदहकी अध्यक्ष शोभा थापामगरले बताईन । आर्थिक अवस्था कमजोर रहेका गाहा मगरको यस अघि नै अपरेसन गरीएको थियो ।
मगर संसार फोटो ग्यालरी फेसवुक ग्रुपले उपचारको जिम्मा लिए पछि विभिन्न व्यक्तिसँग रकम सरसापटी गरेर दलबहादुर गाहाको अप्रेसन गरिएको स्थानीय वुद्ध वहादुर गाहाले बताए । उनले भने,मगर संसार फोटो ग्यालरी फेसवुक ग्रुपले सहयोग नगरेको भए दलबहादुरको जीवन समाप्त हुने थियो । फेसवुक ग्रुपले गाहाको उपचारको जिम्मा लिएसँगै स्वदेश तथा विभिन्न देशमा रहेका नेपालीहरुले दलबहादुरको जिवन जोगाउन आर्थिक सहयोग गरेका थिए ।
सामाजिक अभियानकर्ताको रुपमा धेरैको ज्यान जोगाउन मद्धत गरेको मगर संसार फेसवुक पेजको यस कार्यले सामुहिक अभियानमा कृयाशिल भएर लाग्न सवैलाई प्रेरणा मिलेको देवदह नगरपालिका –७ का वडा अध्यक्ष पदम थापा बताउँछन् , थापा भन्छन्, सामाजिक अभियानको यो कदम प्रसंशनीय रहेको छ । यसका संस्थापक र सञ्चालक धन्यवादका पात्र छन् ।
कार्यक्रममा नेपाल मगर सँघ देवदहका पदाधिकारी तथा सदस्यहरु र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
सहयोग रकम हस्तान्तरण काार्यक्रममा वोल्दै दलबहादुर गाहाका वुवा मानबहादुर गाहाले छोराको ज्यान जोगाउन योगदान दिने मगर संसार लगायत सम्पुर्ण सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरेका थिए ।