बुधबार, ३ कार्तिक २०७८ १८:०६

सियारीमा स्वास्थ्यकर्मीहरुको लागि नाक ,कान ,घाटी सम्बन्धि अभिमुखिकरण

सोमबार, २१ असार २०७८ ०३:५८

तुलसी राम पौडेल /सियारी, असार २०
रुपन्देहीको सियारी गाउपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुको लागि आधारभुत तथा आकस्मिक सेवा अन्तरगतका नाक ,कान , घाटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचार बारे अभिमुखिकरण सियारी गाउपालिकामा सम्पन्न भयो। सियारी बासीलाई स्वास्थ्यसेवामा सहज हुनको लागि अर्थात नाक ,कान ,घाटी ,मुखको समस्याको लागि टाढा धाउन नपोरोस भन्ने उद्देश्यले सियारी गाउपालिकाको आयोजनामा गाउपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरुलाई दुइ समुह गरी नाक ,कान, घाटी मुख संबंधित आधारभुत तथा आकस्मिक उपचार बारे तालिम दिइएको हो ।

तालिम एवं अभिमुखिकरण कार्यक्रममा पृथ्वी चन्द अस्पताल नवलपरासीका नाक कान घाटी विशेषज्ञ डाक्टर मधुसूदन श्रेष्ठले प्रशिक्षण एवं सहजीकरण गर्नुभएको थियो।गाउपालिका योजना शाखा प्रमुख रोमलाल पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियो ।