शुक्रबार, १६ चैत्र २०८० ०७:४८

सिभिल इन्जिरियिङ्ग क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छौ– फर्साटिकर मा.वि

मंगलवार, ८ भाद्र २०७८ १४:२१

भदौ–८, हेल्लो नेपाल ।
शिक्षा हासिल गर्नबाट कोही बञ्चित नहोस् भन्ने उद्धेश्यका साथ रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा अवस्थित फर्साटिकर मा.विले शैक्षिक अभियान संचालन गरेको छ । “बिग स्कुल ,स्मार्ट स्कुल “भन्ने मुल नारा सहित संचालित उक्त माविले कक्षा ११ मा वाणिज्य,शिक्षा र मानविकी संकायमा भर्ना खुल्ला गरेको जनाएको छ । साथै सिभिल इन्जिरियिङ्ग तर्फ समेत कक्षा सचालन गरिएको विद्यालयका प्राचार्य देवराज पौड्यालले बताउनु भयो ।

२०१६ सालमा स्थापना भएको माविले कोरोना महामारीको यो विषम परिस्थितिमा पनि शिक्षालाई सहज र सरल बनाउने उद्धेश्यले कक्षा ८ देखि १० सम्म प्रविधि मैत्री अनलाइन कक्षा समेत संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तीले जानकारी दिनुभयो ।

सो विद्यालयमा ४६ जना शिक्षक र ६ जना कर्मचारी रहेका छन् । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १२ सम्मको पठन पाठन भइरहेको छ । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्यसै गरी उत्कृष्ट कम्त्युटर ल्याव,ई–लाइबेरी,विज्ञान संकायका विद्यार्थीका लागी विशिष्टि प्रकारको विज्ञान प्रयोगशाला रहेको छ । त्यस्तै अतिरिक्त किय्राकलापका लागी खेलमैदान सहितको खेलकुदको व्यवस्था समेत विद्यालयले गरेको छ ।

विद्यालयले शैक्षिक वर्ष २०७५/०७६ बाट सिभिल इन्जिरियिङ्गको कक्षा संचालन गरेको विद्यालयका प्राचार्य पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो,सिभिल इन्जिरियिङ्ग क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छौ ।

रुपन्देही जिल्लाको मध्यभागमा पर्ने सियारी,शुद्धोधन,बुटवल उपमहानगरपालिकाका केही वडाहरु तथा बाहिरी जिल्लाहरु पाल्पा,गुल्मी र अर्घाखाँचीबाट समेत विद्यार्थी अध्ययनका लागी आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तीले बताउनुभयो ।

कक्षा १ देखी नै कक्षा ११,१२ का विभिन्न संकायमा गरी विद्यार्थीको संख्या ३ हजार पु¥याउने विद्यालयले लक्ष्य राखेको र त्यही अनुसारको भौतिक संरचनाको विकास गरिएको शुद्धोधन गाउँपालिका वडा न. ४ वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेँलले जानकारी दिनुभयो ।