शुक्रबार, १६ चैत्र २०८० २०:३५

देउवाकै कारण सदस्यता वितरणमा समस्या आयो-सिंह

बिहीबार, १० भाद्र २०७८ १०:०१

भदौ–१०,हेल्लो नेपाल ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरणमा समस्या देखा परेको बताउनुभएको छ ।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधान अनुरुप वितरण नभएकाले समस्या देखिएको र यसको जिम्मा पार्टी अध्यक्ष नै लिनु पर्ने बताउदै अहिले देखिएको विवादलाई पार्टी सभापतिले चाडो टुङ्ग्याउनुपर्ने बताउनुयभयो ।

नेता सिंहले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधान अनुरुप तह लगाउने समेत चेतावनी दिनुभयो ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उहाको भनाई छ ।