बिहीबार, १५ चैत्र २०८० १५:३५

महंगी, भ्रष्टाचार र कुशासन , पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध सिठ्ठी जुलुस प्रदर्शन

बिहीबार, २४ असार २०७८ १४:२१

असार २४

बिपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । उनीहरुले काठमाडौंको माइतिघर लगाएत मुलुकका ७७ वटै जिल्लामा बिहीबार सिठ्ठीजुलुस प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए ।

उनीहरुले सरकारले असंवैधानिक काम गर्दै आएको भ्रष्टाचारलाई प्रश्रय दिएको, मूल्यबृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । प्रतिगमनका विरुद्ध सिठ्ठी जुलुसको व्यानरमा प्रदर्शन गर्दै उनीहरुले महंगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लगाएका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बिद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका थिए । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले महंगी, भ्रष्टाचार र कुशासनका कारण जनताले दुख पाउनु परेको भन्दै आन्दोलन जारी रहने बताउनुभयो ।

यस्तै नेपाल विद्यार्थी संघ काठमाडौंले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघ काठमाडौं र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सिटी जुलुस प्रदर्शन गरिएको हो । उनीहरुले घण्टाघरको सडक नै अवरुद्ध पारेर सरकारबिरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि नेविसंघका महामन्त्री मनोज वैद्यले सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यबृद्धि लगाएतको बिरोधमा प्रदर्शन गरिएको जानकारी दिनुभयो । उहाले प्रतिगमन बिरुद्ध नेविसंघ शसक्त भएर लाग्ने जिकिर गर्नुभयो ।

प्रतिनिधिसभा बिघटनपछि बिपक्षी गठबन्धन आवद्ध बिद्यार्थी संगठनले बिभिन्न चरणमा सरकारबिरुद्ध आन्दोलन गर्दै आएका छन् ।