देवदहमा बाढीबाट ३० घर क्षतिग्रस्त ,थुप्रै पशु चौपायको क्षति
भदौ ११, हेल्लो नेपाल ।
अविरल वर्षाका कारण आएको बाढीले देवदहका विभिन्न स्थानमा क्षति पुगेको छ । वाढीले देवदह नगरपालिका ३ को वसन्तपुर र वडा नं २ को पेटवनियामा सवै भन्दा बढी क्षति पुर्याएको छ ।
बाढीबाट वसन्तपुरमा १२ घर डुवानमा परेको छ । डुवानका कारण सोही स्थानमा रहेको कृषि फममा रहेको ४५ वटा वाख्रा मरेको छ भने विभिन्न परिवारले पालेको कुखुरा तथा हास वगाएको छ ।वसन्तपुरका ५ घर मानिस वस्नै नमिल्ने गरी धसिएको छ । सोही वडाको टटेरामा ४ घर क्षतिग्रस्त भएको छ । त्यसै गरी देवदह –२, पेटवनियामा वाढीका कारण १२ घरमा क्षति पुगेको छ । जस मध्ये ९ घरमा पुर्ण क्षति र ३ घरमा आंशिक क्षति पुगेको देवदह २ का वडा अध्यक्ष धर्मागत पाण्डेले बताए।
देवदहका अन्य वडाहरुमा पनि वाढीको प्रभाव परेको छ । वडा नं ५,६,७,८, ९,१०,११ र १२ का विभिन्न टोलहरुमा वाढीले क्षति पुर्याएको देवदह प्रहरी चौकीले जनाएको छ ।
रातको समयमा वाढी आएको कारण घरका अत्यावश्यक सामान,लत्ताकपडा,भाडाकुडा र अन्नपात केही पनि जोगाउन नसकिएको स्थानीयवासी तथा नेकपा एमालेका नगर कमिटीका सदस्य विष्णु अर्यालले बताए । उनले भने,वाढीका कारण मानिसहरुको विचल्ली भएको छ । स्थानीय सरकारले विपद व्यवस्थापन कोषको माध्यमबाट अविलम्व राहात वितरण गर्नु पर्दछ ।
स्थानीय युवा व्वसायी रमेश विष्ट भन्छन् ,बाढीमा परेका वसन्तपुरका कच्ची घर भएकाहरुलाई रात कटाउन समेत अप्ठ्यारो भएको छ । उनीहरुका घर वाढीका कारण गल्र्याम–गुर्लुम्मै ढलेको छ । नगरपालिकाले त्यस प्रति गम्भिरता देखाउनु पर्दछ ।
वाढी प्रभावितलाई विभिन्न राजनीतिक दल,समाजसेवी, युवा, विद्यार्थीहरुको सक्रियतामा राहात तथा उद्धार गरिएको थियो । सम्वन्धित वडाका जनप्रतिनिधीहरु,नगरका प्रमुख तथा उप–प्रमुख लगायतले पनि प्रभावित क्षेत्रमा पुगेर त्यहाको अवस्थाको वारेमा जानकारी लिनु का साथै राहात वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नेकपा एमाले देवदहले पनि वाढी प्रभावित क्षेत्रमा पुगेर वाढी पिडीतहरुको राहात तथा उद्धारको लागि जुटेको छ । पार्टीका देवदह अध्यक्ष प्रकाश अर्याल सहितको टोली नगरका विभिन्न वडामा पुगेर त्यहाको अवस्थाको वारेमा जानकारी लिएको हो । साथै पार्टी अध्यक्ष अर्यालले वाढी प्रभावितहरुलाई तत्काल राहात उपलव्ध गराउन माग गरेका छन् । पार्टीका जनसँगठनहरु राष्ट्रिय युवा सँघ र अनेरास्ववियु पनि विभिन्न टोलहरुमा पुगेर राहात तथा उद्धार कार्यमा जुटेको नेकपा एमाले देवदहका नगर कमिटी सदस्य वन्धु कुमालले जानकारी दिएका छन् ।