शुद्धोधन गाउँपालिकामा कोभिड प्रभावित तथा अति विपन्न घरपरिवारलाई आर्थिक तथा खाद्य सामाग्री प्रदान
भदौ–१७, हेल्लो नेपाल ।
शुद्धोधन गाउँपालिकाका कोभिड प्रभावित तथा अति विपन्न घरपरिवारलाई आर्थिक तथा खाद्य सामाग्री प्रदान गरिएको छ ।
सुनगाभा सामुदायिक विकास केन्द्र कञ्चन, रुपन्देहीको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा शुद्धोधन गा.पा. र वडा न.४ को समन्वयमा १८ घरपरिवारलाई आर्थिक तथा खाद्य सामाग्री प्रदान गरिएको हो ।
कोभिडका कारण ज्यान गुमाएका शुद्धोधन गाउँपालिकाका विभिन्न वडाका ८ जनालाई जनही रु १०,००० र सोही गाउँपालिका निबासी १० जना अति विपन्न घर(परिवारलाई ३०÷३० केजि चामल,२र२ केजि दाल, २र२ लि तेल,४र४ पोका स्वाबिन, ६र६ वटा नुहाउने साबुन र ५र५ केजि सरफ प्रदान गरिएको हो ।
शुद्धोधन गाउँपालिकाका प्रवक्ता एंव वडा नं४ का अध्यक्ष राजेन्द्र कँडेलले देशमा कोरोना भाइरसको जोखिम अहिले पनि उत्तिकै रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो । कँडेलले कोरोना प्रभावितहरुलाई आर्थिक तथा खाद्यान सहयोग गर्नुभएकोमा सहयोग र साथ दिनुहुने सबैलाई धन्यवाद दिनुभयो ।
शुद्दोधन गाउँपालिका कार्यपालिका सदस्य णम कुमारी पंगेनी को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन भने वडा-४ का सचिव केशव पन्तले गरेका थिए।