देवदहका बाढी पिडितहरुलाई देवदह सुनचादी व्यवसायी संघको सहयोग
भदौ–१९,हेल्लो नेपाल ।
देवदह सुनचादी व्यवसायी संघले देवदहका बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । संघले शनिवार देवदह–२, पेटवयिना, देवदह–३,वसन्तपुर र देवदह–४, भवानीपुर क्षेत्रका करिब ४० घरपरिवारलाई राहत वितरण गरेको हो ।
संघका अध्यक्ष ईन्द्रबहादुर सुनारले बाढीका कारण समस्यामा परेहरुलाई केही भएपनि राहत पुगोस भन्ने हेतुले राहत वितरण गरेको बताउनु भयो । उहाँले संघमा आवद्ध सदस्यहरुबाट संकलन गरिएको रकमबाट बाढी पिडितहरुलाई वितरण गरिएको बताउनुभयो ।
राहत वितरण कार्यक्रमको शुभारम्भ गर्दैै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले विपद्को बेला सहयोग गर्नु उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले समस्यामा परेका नागरिकलाई सहयोग गर्ने कुरा,जीवन रक्षा गर्ने कुरा मानवीय धर्म भएको उल्लेख गर्नुभयो । विश्वकर्माले अविरल बर्षाले देवदहमा ठूलो क्षति भएको बताउदै राहतका लागी आफुले पहल गर्ने बताउनुभयो ।
राहत वितरण कार्यक्रममा संस्थाका सल्लाहकार/संयोजक तिलक विश्वकर्मा, उपाध्यक्ष सुमन बराल, सचिव कमल गहतराज, सहसचिव अशोक सुनार, कोषाध्यक्ष रोम विश्वकर्मा, नेकपा एमालेका प्रकाश अर्याल, कृष्णराज पौडेल, टिकाराम चापागाई, डोलराज चापागाई, यम राना, सुजाता गहतराज, अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।