बुधबार, ३ कार्तिक २०७८ १९:४१

राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति गर्दैन-प्रचण्ड

मंगलवार, २२ भाद्र २०७८ १५:०५

भदौ–२२,हेल्लो नेपाल ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने प्रष्ट पार्नुभयो ।

त्यस्तै वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) संयोजकमा सुमन देवकोटा र सह–संयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिनुभयो । उहाले छिटै राष्ट्रिय सम्मेलन गर्ने गरि संयोजक र सहसंयोजक तय गरेको बताउनुभयो । बैठकले वाईसीएल एकढिक्का रहेको सन्देश गएको उहाको भनाई छ ।

संयोजकमा चयन भएपछि संयोजक देवकोटाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलव्धीलाइ रक्षा गर्न सशक्त भूमिका खेल्ने बताउनुभयो ।