शुक्रबार, १६ चैत्र २०८० १५:४२

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र अस्थायी कोरोना अस्पतालले ग¥यो सहयोगीदाताहरुलाई सम्मान

शनिबार, २६ असार २०७८ ०१:३०

असार–२५ । रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं–४ स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रले अस्थायी कोरोना अस्पताल निर्माणका लागी सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रम आयोजना गरी अस्पतालले कोरोना महामारी रोकथामका लागी अस्याथी कोरोना अस्पताल निर्माण गर्न विशेष भुमिका खेल्नुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्थानीय तहको सहयोग बिना कुनै पनि विकास निर्माणका कामहरु दियो नहुने भन्दै स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले कोरोना रोकथामका लागी स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भन्दै स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु गरेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले तेस्रो भेरियन्ट रोकथामका लागी प्रदेश सरकारले तयारी समेत सुरु गरि सकेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सुद्धोधन गाउँपालिका वडा नं–४ का वडा अध्यक्ष तथा मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कडेँलले अपस्तालले गरिब तथा विपन्न वर्गलाई निशुल्क औषधी उपाचार गर्नुका साथै आर्थिक सहयोग समेत गरेको बताउनुभयो । कडेँलले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा कोरोना अस्थायी अस्पताललाई बालमैत्री कोरोना अपस्ताल बनाउन तयारी थालेको बताउदै अस्पताल निर्माणका लागी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु पुष्पा चौधरी,तुलसी प्रसाद चौधरी,सुद्धोधन गाउँपालिकाका अध्यक्ष किसन चन्द चौधरी,सुद्धोधन गाउँपालिकाका प्रशासकीय प्रमुख विपिन क्षेत्री लगायतले बोल्नुभएको थियो ।

सुद्धोधन गाउँपालिका वडा नं–४ का वडा अध्यक्ष तथा मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कडेँलको अध्यक्षता र हेमन्त थापाको संचालनमा भएको कार्यक्रममा विभिन्न दलका नेताहरु,स्वास्थ्यकर्मीहरुको सहभागी रहेको थियो ।