बुधबार, ३ कार्तिक २०७८ १९:२६

जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेरा हुन्-नेत्र बिक्रम चन्द

बुधबार, ६ श्रावण २०७८ १४:०५

साउन–६ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै बिप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गर्नुभएको हो । उहाले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गर्नुभयो ।

नेपालको राजनीतिमा बिकृति र दलालीकरण भएको आरोप लगाउदै बिप्लवले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गर्नुभयो । पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा बिदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उहाले बताउनुभयो । उहाले कम्युनिष्टले भन्दै आएको पूजिँवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

बिप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पार्नुभयो ।