शुक्रबार, १६ चैत्र २०८० १५:३६

जनता मा.वि.द्वारा नि:शुल्क शिविर सहित कृषि तथा पशु क्लिनिकको उद्धघाटन (फोटो फिचर सहित)

आईतवार, २४ श्रावण २०७८ १५:५०

समिर थापा
साउन–२४,हेल्लो नेपाल

रुपन्देहीको सियारी–७,अमुवामा २ दिने निशुल्क शिविर सहित कृषि तथा पशु क्लिनिकको उद्धघाटन भएको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माइक्रोस्कोपबाट गोबरको नमुना परिक्षण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

श्री जनता माध्यमिक विद्यालय साधारण तथा प्राविधिक ९त्भअक० को सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी अयोध्या थारुले गाउँपालिका सधै कृषकको पक्षमा रहेको बताउदै क्लिनिक संचालनका लागी आवश्यक सामाग्रीहरु आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थारुले सियारी गाउँपालिकाका असख्य व्यक्तिहरु कृषिमा नै निर्भर रहेको भन्दै “किसान नेपालका सान” भन्ने नाराका साथ सियारी गाउँपालिकाले कृषि, पशु ,माछा, लगायतलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रम बोल्दै डा.टिकाराम खनालले कृषि तथा पशु क्लिनिकमा कृषकको समस्यालाई ध्यानमा राखेर गोवर परिक्षण, गाईभैसीमा देखा पर्ने थुनेलो परिक्षण , छालामा देखिने रोगको परिक्षण, पिसाब परिक्षण लगायतका सेवा सुविधाहरु संचालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले निकट भविश्यमा नै रगत परिक्षण लगायतका अन्य थप सुविधाहरु संचालनमा ल्याउने बताउनुभयो । त्यसै गरी क्लिनिकमा पंन्छीहरुको शव परिक्षण पोस्टमाटम गर्ने व्यवस्था समेत रहेको जानकारी दिनुभयो । डा.खनालले कृषकको समस्यालाई ध्यानमा राखेर माटो परिक्षण, माछा पालन किसानका लागी उपचार परामर्शका साथै पानीमा भएको समस्या धुलित अक्सिजन लगायतका सुविधाहरु रहेको बताउनुभयो ।

कार्यक्रम झपेन्द्रराज अर्यालको अध्यक्षता,सुमित भुसालको स्वागत मन्तव्य र जनता माध्यमिक विद्यालयका प्रध्यापक ऋषिराम घिमिरेको संचालनमा भएको थियो ।