शुक्रबार, १६ चैत्र २०८० १८:४६

बुटवल – पाल्पा सडक खण्डमा बोलेरो जीप दुर्घटना हुदाँ ४ जना घाइते

मंगलवार, २६ श्रावण २०७८ १०:०८

साउन-२६, हेल्लो नेपाल ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डमा बोलेरो जीप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । पाल्पाबाट बुटवल तर्फ आउदै गरेको बा १८ च ७३३६ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

बोलेरो जीप माथिबाट खसेको ढुंगासगैँ तिनाउ नदिमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा ५४ वर्षिय बाबुराम पाण्डे, २२ वर्षिय बिनोद पाण्डे, १८ वर्षिय अमित बस्याल र ४२ वर्षिय गं‌गा दराई रहेका छन् ।

घाइतेहरु सबै पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्साका हुन्। उनीहरु मध्य बाबुराम पाण्डेको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।