मंगलवार, १० जेष्ठ २०७९ १५:४६

सियारीमा हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न, संस्कार स्कुलको अग्रता

शुक्रबार, २५ चैत्र २०७८ १६:०९

सियारी । नेपाल राष्ट्रिय शिक्षक संगठन सियारी गाउँपालिका कार्य समितिले अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता-२०७८ शुक्रबार सियारीमा सम्पन्न गरेको छ ।

“विधार्थी, अभिभावक र समुदायलाई हाम्रो आव्हान, गुणस्तरीय सियारी शिक्षा र पेशागत हितका लागि हाम्रो अभियान” भन्ने मुल नारा संगै विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल शिक्षक संगठन सियारी गाउँपालिका कार्य समितिले हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको दुवै विधा तर्फ ७/७ वटा मा.वि. तथा निमावि का विधार्थी प्रतिनिधीहरुले भाग लिएका थिए । मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा संस्कार इंगलिस स्कुल छापिया प्रथम,श्री दुर्गा देवी मावि बर्दहवा द्धितिय र जनता मावि अमवा तृतिय भएको छ । त्यसै गरि निमावि स्तरीय चित्रकला प्रतियोगिता तर्फ संस्कार इंगलिस स्कुल छापिया का छात्र अमर मिश्र प्रथम, श्री मैनहिया मावि मैनहियाका छात्र गंगा सुनार द्वितीय र श्री दुर्गा देवी मावि बर्दहवा का छात्रा विपाशा आचार्य तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने सम्पूर्ण विधार्थीहरुलाई क्रमशःनगद रु. ५०००, ३००० र २००० सहित कप मेडल र प्रमाण-पत्र र मेडल प्रदान गरिएको हो । त्यस्तै चित्रकला प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुन सफल छात्रछात्राहरुलाई क्रमशःनगद रु. ५००, १००० र १५०० सहित कप मेडल र प्रमाण-पत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिका वडा नं-६ का अध्यक्ष अध्यक्ष शेर बहादुर गुरुङले यस्ता खालका प्रतियोगिताहरुले विद्यार्थीहरुको अन्तर निहित क्षमतालाई उजागर गर्ने भएकाले बेला बेला मा यस किसिमका बौद्दिक कार्यक्रमहरु आयोजना गरिनु पर्छ भने कुरामा जोड दिनुभयो । उहाँले यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा चाहिने सम्पूर्ण साथ सहयोग हर बखत आफु दिन तयार रहेको समेत प्रतिबद्धता जनाउनु भयो ।

त्यसै गरि कार्यक्रमका अध्यक्ष दल बहादुर श्रीस ले प्रतियोगितामा सोधिएका सम्पूर्ण प्रश्नहरु नजिकिदै गरेको SEE परिक्षा संग नै सम्बन्धित रहेकाले यस प्रतियोगिताले निर्वाद रुपमा विधार्थीहरुको परिक्षा तयारीलाई पनि टेवा पुग्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले शिक्षकहरुको हक हित र आधिकारको लागि संगठनले खेलिरहेको भूमिका बारे समेत स्मरण गराउनु भयो ।

कार्यक्रम  नेपाल राष्ट्रिय शिक्षक संगठन सियारी गाउँपालिका कार्य समिति अध्यक्ष दल बहादुर श्रीसको अध्यक्षता, सियारी गाउँपालिका वडा नं-६ का अध्यक्ष शेर बहादुर गुरुङको प्रमुख आतिथ्यता का साथै संगठन सदस्य एवं कार्यक्रम संयोजक भरत पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । सियारी-६, श्री दुर्गा देवी मा.वि. मा आयोजित प्रतियोगिता को सहजकर्ताको भूमिका मा क्विज मास्टर राजन पौडेल रहेका थिए भने संगठन उपाध्यक्ष प्रकाश रेग्मी ले कार्यक्रम संचालन गरेका थिए ।