शुक्रबार, २८ चैत्र २०८१ २१:१३

सैनामैनाका वडा अध्यक्षमाथी कांग्रेस कार्यकर्ताको आक्रमण (भिडियो फुटेज सहित)

शुक्रबार, ११ कार्तिक २०७९ १६:४३

बुटवल, कार्तिक ११ । 

सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे माथि बिहिवार साझ कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका छन्।

गएराति बाँसगढीबाट तामनगर साथीलाई घर छोड्न जाने क्रममा सैनामैना २ कालिका चोकमा आईपुगेका वडा अध्यक्ष पाण्डेको गाडी मोटरसाईकलमा आएका कांग्रेस कार्यकर्ताहरुको समुहले रोकेर आक्रमण गरेका थिए।

सिसिटिभी फुटेज

आक्रमण गर्ने हरू नेपाली कांग्रेस समर्थक तरूणदलका कार्यकर्ता भएको वडाअध्यक्ष भनुभक्त पाण्डेले बताउनु भयो ।

“एक समुहले मेरो गाडी पछ्याउदै आएका रहेछन अचानक मेरो अगाडी मोटरसाईकल तेर्साएर सडक अवरोधगरी गाडी रोकेर मलाई र मेरो गाडीमा आक्रमण गरे“ पाण्डेले भने।

सैनामैना २ का कसिस श्रेष्ठ, सैनामैना४ का राजन काला मगर, र सैनामैना ५ का अर्जुन भुसालले आफुमाथी आक्रमण गरेको र आक्रमणबाट आफुलाई सामान्य चोट लागेको तथा गाडिको अगाडीको सिसा फुटेको पाण्डेले बताए।

आक्रमणमा सम्लग्नहरुलाई ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले नियन्त्रणमा लिएको जनाएको छ।