सियारीमा तेस्रो सियारी शिक्षा दिवस तथा ५६ औं अन्तर्राष्ट्रिय सारक्षता दिवस सम्पन्न

भाद्र २४,
रुपन्देहीको सियारी गाउँपालिकाले तेस्रो सियारी शिक्षा दिवस तथा ५६ औं अन्तर्राष्ट्रिय सारक्षता दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।
गाउँपालिकाले सबै नागरिकलाई शिक्षाको पहुँज सहज ढङ्गले पु¥याउने लक्ष्य सहित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैै लुम्बिनी प्रदेश सरकारका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले प्रदेश सरकारले शिक्षा क्षेत्रको लागी ठूलो लगानी गरेको बताउनुभयो । उहाँले सियारी मत्स्य क्षेत्रमा राम्रो सम्भावना बोकेको भन्दै पालिकालाई अब शिक्षा क्षेत्रको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खाँले सियारी गाउँपालिकालाई सम्वृद्ध र सुन्दर बनाउन शिक्षाको जरुरत पर्ने भएकाले शिक्षाको पहुँज सबै नागरिकलाई पु¥याउनु पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकाको शिक्षाको विकासको लागी पालिकाले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । उहाँले शिक्षकलाई एउटा दियोको संज्ञा दिदै शिक्षकले निस्वार्थ भावनाले विद्यार्थीहरुलाइ सत्मार्गमा लैजान ठूलो योगदान दिएको तर्क गर्नुभयो ।
उहाले सियारीको शिक्षाको विकासका लागी सबैले आफ्नो तर्फबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो । प्रमुख प्रशास्कीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधीर पौडेलले पालिकाको शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न विधा मार्फत शिक्षकहरुलाई सम्मान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।