शुक्रबार, २८ चैत्र २०८१ २२:०८

ट्यागको आयोजनामा घरेलु प्याड बनाउने ५ दिने तालिम सम्पन्न

आईतवार, २० चैत्र २०७८ १६:०८

चैत्र २०- सैनामैना- ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)को आयोजनामा घरेलु प्याड बनाउने ५ दिने तालिम सम्पन्न भएको छ।

महिनावारी स्वच्छता सम्बन्धि जनचेतना अभिवृद्धिका साथै सुलभ र भरपर्दो घरेलु प्याड उत्पादन गर्ने उद्देश्यका साथ चैत १६ गते देखि २० गते सम्म सञ्चालित तालिममा २० जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएका थिए। तालिम पश्चात् सहभागीहरुले यो तालिम निकै प्रभावकारी र जिवनोपयोगी भएको कुरा बताए। यस भन्दा अगाडि महिनावारी स्वच्छता सँग सम्बन्धित सीपमूलक तालिममा आफुहरुले सहभागीता जनाउने अवसर नपाएको बताउदै यस तालिमले आफुहरुको सीप तथा क्षमतामा वृद्धि ल्याएको कुरा पनि बताउनुभयो ।

यसै गरि सहभागीहरुले तालिम अवधिभर आफुले पाएको ज्ञान तथा सीप अरु सँग पनि साझा गर्ने बताउदै आफ्नो समाजमा महिनावारी स्वच्छता सम्बन्धि जनचेतना फैलाउन पछि नहट्ने कुरा पनि प्रष्ट पारे। तालिम ट्याग गर्ल तथा ट्याग संयोजक कल्पना गैरेको व्यवस्थापन,रीड र आइरेक्स संस्थाको सहयोग,गंगा सापकोटाको प्रशिक्षण,उद्घाटन समारोह लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता तथा समापन समारोह उपाध्यक्ष मुक्त बहादुर थापाको अध्यक्षता एवं ट्याग प्रतिमा पाण्डे र ट्याग जानकी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

ट्याग विगत दुई बर्ष देखि सामुदायिक आवश्यतालाई अध्यन गरि ट्याग कार्यक्रम सञ्चालन गर्दै आइरहेको एक सामाजिक संस्था हो।