भूमि आयोग विघटन विरुद्ध एमाले आन्दोलनमा

भदौ–१, हेल्लो नेपाल ।
भूमिसम्बन्धी समस्या समाधान आयोग बिघटन नेकपा एमाले निकट बिभिन्न संगठनहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेको छ ।
अदालतले अन्तरिम आदेश दिएर भूमि आयोग विघटन पुनर्गठन नभएको भन्दै एमाले निकट युवा संघ, अखिल नेपाल किसान महासंघ, नेपाल भूमिहिन सुकुम्वासी संगठन लगाएतको मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् ।
आयोग विघटनको निर्णयलाई जनघाती भन्दै प्रदर्शनमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले हाम्रो बसोबासको ग्यारेन्टी गर, भूमिहिनहरुलाई जमिन दे, सुकुम्वासी आयोग पुनर्गठन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि आयोजित सभामा एमालेका सांसद एवं नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्वासीहरुको अधिकार खोसेको र भूमिहिनमाथि अन्याय गरेको आरोप लगाउनुभयो । उहाले सुकुम्वासीहरुको अधिकार स्थापीत गर्नका लागि अव देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
आयोग विघटन गरेर सरकारले लाखौँ भूमिहीन सुकुम्बासी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाउँदै एमाले निकट संगठनहरुले आन्दोलन गरिरहेको छ ।