बुधबार, २१ मंसिर २०७९ १५:५१

सेन्चुरी बैंक द्वारा दुर्घटना बीमा बापत ५ लाख रुपैयाँ प्रदान

शुक्रबार, २८ आश्विन २०७९ १४:५३

असोज २८, सियारी

सेन्चुरी कमर्सियल बैंक अमवा शाखाले बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। बैंकले बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत निज खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि निजको परिवारलाई ५ लाख रुपैयाँ दुर्घटना बीमा दाबी भुक्तानी गरेको हो ।

रुपन्देही जिल्ला सियारी-७ निवासी कनई थारुको ६ महिना अगाडी करेन्ट लागेर मुत्यु भएकोले बैंकले उनको हकवाला श्रीमती सरस्वती थारुलाई ५ लाख दुर्घटना बीमा रकम दिएको हो ।
मृतककी श्रीमती थारुलाई सेन्चुरी बैंकका लुम्बिनी प्रदेश प्रमुख विष्णु तिवारी, बैंकका नायब प्रदेश प्रमुख यादव भट्टराई, बैंकका अमवा शाखा प्रवन्धक शोभा शर्मा तथा नेपाल विधुत प्राधिकरण अमवा वितरण केन्द्रका लेखा प्रमुख कमल रोकाले संयुक्त रुपमा उक्त बीमा रकम हस्तान्तरण गरेका हुन् ।

बैंकको शताब्दी बचत खातामा ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा रहेको छ । शताब्दी बचत खातामा रु.१ लाख सम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा, रु.१ लाख सम्मको विभिन्न १८ वटा घातक रोगहरु विरुद्धको बीमा र रु.५ लाख सम्मको निःशुल्क दुर्घटना बीमाको व्यवस्था रहेको बैंकका अमवा शाखा प्रवन्धक शोभा शर्माले जानकारी दिनुभयो । यस खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकमा निःशुल्क मोबाइल बैंकिङ्, इन्टरनेट बैंकिङ्, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयरको समेत सुविधा रहेको शाखा प्रवन्धक शर्माले स्पष्ट पार्नुभयो ।